ताजा समाचार

बंगलादेशको एक भवनमा प्रहरी र चरमपन्थीबीच भीषण भीडन्त, विस्फोटमा दुई प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु

काठमाडौ, १३ चैत । बंगलादेशको उत्तरपूर्वी शहर सिलहटमा आइतबार दुईवटा आत्मघाती बम बिस्फोट भएको छ । विस्फोटमा दुई प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

सिलहटका प्रहरी प्रवक्ता जेदान अल मुसाले घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताए । उनले आक्रमणबाट घाइते भएकामध्ये करिब एक दर्जन सैनिक प्रहरीहरु रहेको पनि जनाए ।

बंगलादेश प्रहरीले आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको जनाएको छ । बंगलादेश प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी अमाकले जनाएअनुसार, विस्फोट भएको स्थान नजिकैसंदिग्ध चरमपन्थी र सेनाको कमाण्डोबीच संघर्ष जारी छ ।

पछिल्ला दिनमा सिलहटमा चरमपन्थीविरुद्ध सेनाको कारबाही जारी छ । सुरक्षाकर्मीले दुई दिनदेखि सिलहटको दक्षिणतर्फ पर्ने सुरमा इलाकाको पाँचतले भवनमा घेराबन्दी गरिरहेको थियो । सो ठाउँमा शनिबार सैनिक कमाण्डोले आक्रमणसमेत गरेको थियो । सोही ठाउँबाट चरमपन्थीहरुले कब्जामा राखेका २१ जन्ना बच्चासहित ७८ जनालाई बाहिर निकालिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org