ताजा समाचार

पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो [फोटोफिचर]

काठमाडौं । नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा  चैत १७ गतेबाट सुरु भएको  मेला ४ दिनसम्म चल्नेछ ।  मेलामा विभिन्न जातका फूलहरु राखिएका छन् । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको छ ।

यो तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पोबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले लिएको छ । साथै पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँनयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने जानकारी दिंदै महासचिव मिनबहादुर तामाङले प्रविधि विस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाइ मेलामा सहभागी गराइएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org