ताजा समाचार

कोलम्बियामा बाढी : २०६ जनाको मृत्यु,२२२ बेपत्ता


दक्षिण अमेरिका ।  दक्षिण अमेरिकी कोलम्बियामा लगातार परेको वर्षाका कारण बाढी तथा पहिरो आएर कम्तितमा २ सय ६ जनाको ज्यान गएको छ । बाढी तथा पहिरोमा परेर २ सय २२ जना भन्दा धेरै बेपत्ता भएका र २ सय २ जना घाइते भएको स्थानीय अधिकारीलाई उध्दृत गर्दै बिबिसिले जनाएको छ ।

रातभरि आएको वर्षाले गर्दा स्थानीय नदीमा पानीको बहाव उच्च भई बाँध फुटेका छन् । बाढी र पहिरोका कारण पुटुमायो प्रान्तका घरमा ठूलो क्षती पुर्याएको रेड क्रसले जनाएको छ । वर्षा रोकिए पछि राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेका छन् । सहयोग र राहतकालागि ११ सय भन्दा बढी सैनिक तथा प्रहरी खटिएको समाचार सँस्था रोयटर्सले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org