ताजा समाचार

म्याड्रिड पुन: शीर्षस्थानमा

एजेन्सी । अल्भारो मोराटाको ह्याट्रिक गोलका कारण रियल म्याड्रिडले रेलिगेशन जोनमा रहेको लेगानेसलाई नेपाली समयअनुसार बिहिबार बिहान सम्पन्न खेलमा ४–२ गोलले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डो, गारेथ बेल र टोनी क्रुजजस्ता प्रभावशाली खेलाडीलाई विश्राम दिइएको यस खेलमा १८, २३ र ४८ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।

यो नतिजापछि रियल म्याड्रिड केही समय अगाडि स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई पुनः उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ। म्याड्रिडको खेलभन्दा अगाडि बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गर्दै केही समयका लागि शीर्ष स्थान ओगटेको थियो। म्याड्रिड २९ खेलमा ७१ अंकका साथ शीर्षस्थानमा छ। म्याड्रिडभन्दा एक खेल बढि खेलेको बार्सिलोनाको ६९ अंक छ।

म्याड्रिडलाई १५ मिनेटसम्म घरेलु मैदानमा रोकेको लेगानेसले त्यसको ८ मिनेटपछि नै दनादन ३ गोल खाएको थियो। पहिलो गोल जेम्स रोड्रिगेजले १५ मिनेटमा गरेका थिए। लगत्तै मोराटाले ५ मिनेटभित्र दुई गोल थपे।

बीचमा केही नाटकीय देखिएको यस खेलमा ३२ र ३४ मिनेटमा लेगानेसले २ गोल फर्काउदै म्याड्रिडलाई दबाबमा राख्न खोजेको थियो। गाब्रियल पिरेस र लुसियानोले गोल फर्काएपछि पहिलो हाफको खेल ३–२ को अवस्थामा टुँगिएको थियो। तर, दोस्रो हाफको खेल सुरु भएको ४ मिनेटमा रोड्रिगेजले हानेको फ्रिकिकमा मोराटाले उत्कृष्ट हेडिङ गरेका थिए। जुन बल लेगानेसका कप्तान मार्टिन मान्टोभानीको हातमा लाग्दै गोलमा परिणत भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org