ताजा समाचार

दुई रसियाली र एक अमेरिकी अन्तरीक्ष यात्रापछि सकुशल पृथ्वीमा अवतरण

काजकिस्तान। दुई रसियाली तथा एक अमेरिकी अन्तरीक्ष यात्रीले आफ्नो १७३ दिन लामो अन्तरीक्ष यात्रा पूरा गरी सोमबार मध्य काजकिस्तानमा सकुशल अवतरण गरेका छन् ।

अमेरिकी अन्तरीक्ष सङ्गठन (नासा) का सेन किमबोरोका साथ रसियाली स्पेस एजेन्सीका सर्गेइ रिझीकोभ र एन्डे«इ बोरिसेन्को सन् २०१६ को अक्टोबारमा अन्तरीक्ष यात्राका लागि छुट्नुभएको थियो । उहाँहरूको अवतरणको नासा टेलिभिजनद्वारा पुष्टि गरेको छ ।

उहाँहरू यात्रा गरेको अन्तरीक्ष यान ग्रीनविच समयअनुसार ११ बजेर २० मिनेटको समयमा जेजकाजगान सहरमा अवतरण भएको हो ।

रिझिकोभको यो पहिलो अन्तरीक्ष यात्रा थियो भने पूर्व गल्फवार हेलिकप्टर चालक किमबोरोको सन् २००८ मा १६ दिन लामो अन्तरीक्ष यात्राको अनुभव थियो ।

त्यसैगरी बोरिसेन्कोले सन् २०११ मा १६४ दिनको अन्तरीक्ष भ्रमणको अनुभव बनाइ सक्नुभएको थियो । रासस÷एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org