अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा
प्याङग्मुन्जोम (दक्षिण कोरिया) । अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको दश दिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल आइपुग्नु भएको छ ।
उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा क्षेप्याश्त्र परीक्षणलाई धमाधम निरन्तरता दिई चीन, जापान तथा कोरियाली प्रायव्दीप क्षेत्रमा तनाव बढ्दै गैरहेका बखत उहाँले एसिया भ्रमण शुरु गर्नु भएको हो ।
यसै सिलसिलामा, सिरियामा बिद्रोहीहरुको आन्दोलन दबाउन बसार अल असदको सरकारले बिद्रोही उपर प्रतिबन्धित, मानव घातक रासायनिक हतियार प्रयोग गरी आक्रमण गरेको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्याश्त्र प्रहार गर्ने आदेश दिने केही कठोर निर्णय लिनु भएको छ ।
यसैलाई सम्बोधन गर्दै, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरले आफ्नो राष्ट्र तथा अमेरिका निकटका मित्र राष्ट्रहरुका राष्ट्रिय हितका लागि राष्ट्रपति ट्रम्पले कुनै पनि अप्रिय निर्णय लिन असहज मान्नु नहुने प्रष्ट भएको भन्ने टिप्पणी गर्नु भएपश्चात् परिस्थिति अध्ययनका लागि उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको भ्रमणमा निस्कनु भएको जनाइएको छ ।
वर्तमानमा, निशंकोच अटेरी गर्दै उत्तर कोरियाले छोटो अवधिको अन्तरमा निकै छाडा तौर तरिकाबाट आणविक हतियार र अन्तरमहादेशीय ब्याल्लिस्टिक क्षेप्याश्त्र परीक्षणलाई धमाधम निरन्तरता दिइरहेको परिप्रेक्षमा उत्तर कोरियाको यस्तो अवान्छित रणनीतिक गतिबिधिलाई लक्ष गर्दै उपराष्ट्रपति पेन्सले ूरणनीतिक धैर्यताको युग समाप्त भएकोू (दि एरा अफ स्ट्राटेजिक प्यासियन्स इज ओभर) भन्ने टिप्पणी गर्नु भयो ।
उत्तर तथा दक्षिण कोरियाबीचको बिभाजन रेखा नजिक दक्षिण कोरियापट्टि अवस्थित ूशून्यसैनिक क्षेत्रू (डिमिलिटराइज्ड जोन) मा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पेन्सले अमेरिका तथा यसका मित्रराष्ट्रहरुले कोरियाली प्रायव्दीपमा शान्तिका लागि निकै लामो समयसम्म धैर्यतापूर्वक प्रतीक्षा गरिरहेकामा धैर्यताको सीमा नाघि सकेको बताउनु हुँदै अब यस क्षेत्रमा शान्ति बहालिका लागि अमेरिकाले यथोचित कदम अघि बढाउन सक्ने चेतावनी दिनु भयो ।
त्यस्तै, यस बिषयमा चीनसँग राष्ट्रपति ट्रम्पले सौहार्द्र कुराकानी गर्नु भएको र उत्तर कोरियाको आणविक हतियार भण्डारण नष्ट गर्न दबाब दिन चीनको असाधारण सहयोग र योगदानको अपेक्षा गर्नुभएको समेत उपराष्ट्रपति पेन्सले खुलासा गर्नुभयो ।
डिमिलिटराइज्ड जोनबाट साँढे दुई माइल टाढा क्याम्प बोनिफासमा अवस्थित दक्षिण कोरियाली तथा अमेरिकी संयुक्त सैन्य शिबिरको भ्रमण गरी त्यहाँ कार्यरत अमेरिकी सैनिक अधिकृतहरुसँग भलाकुसारी गर्दै उपराष्ट्रपति पेन्सले दक्षिण कोरिया र अमेरिका दुई अभिन्न मित्र बताउनु भएको छ ।
त्यसैकारण दक्षिण कोरियाको सीमारक्षा तथा सैनिक शक्ति संरक्षणका लागि अमेरिकाले ूलौह कवचू (आइरनक्ल्याड) धारण गरिरहे ता पनि हाल उत्पन्न भएको रणनीतिक समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ताको टेबुलमा बस्न वा उत्तर कोरियालाई आणबिक निशस्त्रिकरण गर्न र क्षेप्याश्त्र परीक्षणको अन्त्य गर्न दबाब दिने दिशातर्फ अन्य कुनै पनि शान्तिपूर्ण बिकल्पमा जान अमेरिका सदैव तत्पर रहेको पनि उपराष्ट्रपति पेन्सले बताउनु भएको छ । रासस/एपी
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...