ताजा समाचार

अष्ट्रेलियाले बिदेशी कामदारलाई दिने भिसा रद्द गर्ने

क्यानवेरा । अष्ट्रेलियाका प्रधनमन्त्री माल्कम टर्नबुलले मुलुकमा बिद्यमान बेरोजगारी समस्या समाधानका लागि दक्ष आप्रबासीका लागि प्रदान गरिने विवादास्पद ४५७ भिसा कार्यक्रम रद्द गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीले अष्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएकाले स्थानीय स्तरमा रोजगारीको अवसर सृजनागर्नेतर्फ केन्द्रित रहनुपर्ने बताएका छन् ।

‘अष्ट्रेलिया आप्रवासीहरुको मुलुक हो र सधैं रहनेछ, तर हामीले राष्ट्रिय स्वार्थ अनुसारको आप्रवासी नीति बनाउनु आवश्यक छ ।’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री टर्नबुलले भने ।

‘यो निर्णय अष्ट्रेलियाली नागरिकहरुका लागि हो । यसले के देखाउँछ भने अष्ट्रेलियाको रोजगारी अवसरमा अष्ट्रेलियालीहरु पुर्ति गरिनेछ ।’ उनले थपे ।

सन् २०१६ को सेप्टेम्बरसम्म ४५७ भिसामा अष्ट्रेलियामा रहेका आप्रवासीको संख्या ९५ हजार ७५७ छ ।

अष्ट्रेलियाली सरकारको यो घोषणाले दक्ष कामदारको रूपमा त्यहाँ रहेका नेपालीहरू पनि प्रभावित हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org