ताजा समाचार

खाँदवारी नगरपालिकामा थापाको मेयरमा चर्चा

काठमाडौं । यहि बैशाख ३१ गते तय गरिएको स्थानीय तह निर्वाचनको चर्चा देशभर भइरहेको छ । तराई–मधेसका केही जिल्लाहरुमा निर्वाचनको गतिविधि सुस्त र अन्योलग्रस्त रहे पनि अन्य जिल्लाहरुमा चुनावी सरगर्मी बढेको छ ।

प्रमुख दलहरु गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरुको उम्मेद्वार छान्न व्यस्त छन् भने आकांक्षीहरु पार्टी शीर्ष नेताहरुको घर–दैलो धाउन थालेका छन् ।
यसैबीच संखुवासभा जिल्लाको सदरमुकाम (पूर्व शितलपाटी गाविस) हाल खाँदबारी नगरपालिकाका नेपाली काँग्रेसका होनाहार युवा नेता रामकुमार थापाको मेयर पदमा उम्मेद्वारीको व्यापक चर्चा छ ।

२०५६ सालदेखि काँग्रेस पार्टीमा आवद्ध भएर राजनीति सुरु गरेका थापाले राजनीतिमा दुई दशक विताउन लागिसकेका छन् । यो बीचमा अहोरात्र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको हितमा काम गरिरहेका थापालाई नै मेयर पदमा उम्मेद्वारी दिन नेतालाई काँग्रेस कार्यकर्ताहरुले दवाब दिंदै आएका छन् । उनले उम्मेद्वारी पाए मात्र काँग्रेसले चुनाव जित्न सक्ने काँग्रेसका कार्यकर्ताहरु बताउँछन् । पार्टीमा उहाँ जस्तो क्षमतावान, लोकप्रिय र नेतृत्व कला भएका अरु कुनै छैनन् ।

२०५६ सालमा जनता माध्यमिक विद्यालयमा ईकाई अध्यक्ष भएका थापा त्यसपछि काँग्रेसको राजनीतिमा स्थापित भएका छन् । उनको नेतृत्वको कार्यशैलीलाई सबैले मन पराउँदै आएका छन् । नेविसंघको ईकाई अध्यक्ष हुँदा विद्यार्थीको हकहितका लागि थापाले धेरै काम गरेका थिए ।

उनले सयौंलाई काँग्रेस बनाएका थिए । वामपन्थीको गड बनेको जनता माध्यमिक विद्यालयमा उनले नै नेविसंघको गड बनाएका थिए । त्यसपछि नै काँग्रेसका नेताहरुले उनको कामको मुल्याङ्कन गर्दै २०५६ सालमा नेविसंघ जिल्ला समिति सदस्य बनाएका थिए । त्यसै गरी उनी ०५८ देखि ०६३ सालसम्म तरुण दलको संखुवासभाख जिल्ला कार्यसमितिको सदस्य भएर काँग्रेसको राजनीतिमा सकृय योगदान दिएका थिए ।

त्यस्तै प्रविणता प्रमाणपत्र (आइए) अध्ययन गर्न काठमाडौं आएका थापाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु सहसचिवमा उम्मेद्वारी दिएर नेविसंघलाई स्थापित गराएका थिए । पशुपति बहुमुखी क्याम्पस ईकाईको उपाध्यक्ष भएर पनि थापाले नेतृत्व गरिसकेका छन् । पशु्पति क्याम्पसको नेविसंघ अध्यक्ष तथा स्ववियु सभापतिमा कुन्दनराज काफ्लेको नेतृत्वमा रहेर २०६३ सालमा लोकतन्त्रलाई बहाली गर्न थापाको नेतृत्वदायी भुमिका रहेको थियो । थापाले पशुपति क्याम्पसबाटै समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

उनी नेविसंघको १३ औं महाधिवेशनमा सहमहामन्त्रीमा उठेका थिए ।  तर, नेताहरुले विभिन्न कारण देखाउँदै  थापालाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरे । उनले उम्मेद्वारी  फिर्ता लिएर नैनसिंह महरलाई सहयोग गरे । अध्यक्ष बनाए । थापा नेपाली काँग्रेस  संखुवासभा –काठमाडौं सम्पर्क समितिको सचिव हुँदै अहिले उपाध्यक्ष भएर काम गरिरहेका छन् ।शुसिल कोइराला पार्टी सभापति हुँदा थापाले नेपाली काँग्रेस शितलपाटी गाउँ कार्य समितिको पार्टी सचिव भएर काम पनि गरेका थिए ।

अहिले मेयरको उम्मेद्वारी दिनुको कारण देखाउँदै थापाले निरन्तर काँग्रेस कार्यकर्ता भएर पार्टीलाई सहयोग गरेको बताएका छन् । उनले उम्मेद्वारी पाए सजिलै चुनाव जित्ने सम्भावना पनि अधिक रहेको हुनाले आफूले उम्मेद्वारी पाउने दाबी गरेका छन् । थापाले उम्मेद्वारी पाए यस नगरपालिकाका नेकपा एमाले, माओवादी केन्द्र लगायतका अन्य दलले समेत मेयरमा उनलाई समर्थन गर्ने आश्वासन दिएका छन् ।

उनले भने, ‘मलाई चुनाव जित्न गाह्रो छैन । पार्टीले चुनाव जिताउन धेरै खर्च पनि गर्नुपदैन ।’ पार्टीले अरुलाई मेयर उठाउने हो भने धेरै लगानी गर्नुपर्छ । मलाई पर्दैन् । गाउँका सबैले मलाई मन पराएका हुनाले काँग्रेसले चुनाव जित्नेमा कुनै शंका छैन ।

त्यस्तै उपमेयर, वडाअध्यक्ष र सदस्यमा पनि पार्टीले पुराना, त्यागी, इमान्दार, योग्य, सक्षम, लोकप्रियलाई उम्मेद्वारी दिनुपर्ने र ५० प्रतिशत युवालाई उम्मेद्वारी दिनुपर्ने पनि थापाले वताएका छन् ।

 

कुराकानीमा आधारित

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org