ताजा समाचार

फेसबुकले ब्रेन कम्प्युटर इन्टरफेस बनाउँदै , दिमागमा भएको कुरा सीधै शब्दमा देखिने

फेसबुकले टाइपिङ तथा स्किन हियरिङका लागि ब्रेन- कम्प्युटर इन्टरफेस विकास गर्ने भएको छ । यसका लागि जसले ६० जना ङन्जिनियरहरुलाई परिचालन गरेको छ ।

ब्रेन – कम्प्युटर इन्टरफेसले लपाइलाई आफ्नो दिमागमा भएको कुरा टाइप गर्न दिन्छ । त्यो पनि केही इम्प्लान्ट नगरिकन । यसका लागि दिमाग स्क्यान गर्न अप्टिकल इमेजिङ प्रयोग गर्नेछ । यसले हामीले सोचेका र भन्न खोजेको कुरा थाहा पाउन हाम्रो दिमागलाई प्रति सेकेन्ड एक सय पटक स्क्यान गर्दछ र त्यसलाई शब्दमा रुपान्तरण गर्दछ । यो प्रविधिले तपाइले दिमागमा सोचेका कुरा सिधै इन्टफेसमा टाइप गरेर देखाइ दिन्छ ।

फेसबुककी आरएन्डी विभागकी प्रमुख रेगिना डुगानले यस प्रोजेक्टको मुख्य उद्देश्य भनेको दिमागको स्क्यानबाट मात्रै प्रति मिनेट १ सय शब्दसम्म मानिसलााई टाइप गर्न सक्ने बनाउनु हो । यसबाट बोल्न नसक्ने मानिसले पनि आफ्नो मस्तिस्कमा रहेको कुरालाई यस इन्टरफेसमा देखाउन सक्ने छ ।

ब्रेन -कम्प्युटर इन्टरफेसले अग्मेन्टेड रियालिटि र भर्चुअल रियालिटीलाई स्क्रिन तथा कन्ट्रोलरको प्रयोग नगरी सोझै दिमागले नै कन्ट्रोल गर्न सक्दछ । यस प्रविधिले सञ्चारको माध्यमलाई अझै तिब्र गतिमा पुर्याउने विश्वास जानकाकरहरुले गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org