ताजा समाचार

इन्टरनेटको दुनियाँमा ६० सेकेण्डमा के के हुन्छ ?

जम्मा ६० सेकेन्डमा के के होला त ? ६० सेकेण्डमै हजारौ कामहरु भइरहेको हुन्छन् इन्टरनेटमा । इन्टरनेट ले गर्दा सँसारनै साँघुरो र प्रतिस्पधी बनाइरहेको छ । अब हेरौ न त जम्मा ६० सेकेण्डमा के के हुने रैछ ।

१.  एक मिनेटमा अर्थात ६० सकेण्डमा १ करोड बढि नयाँ पेजहरु साइबरस्पेसमा थपिइरहेका हुन्छन् ।

२.  गुगलमा ६ लाख ९४ हजार ४४५ क्युरी थता प्रश्नहरुको खोजी भइरहेको हुन्छ ।

३.  ६ हजार ६ सय तस्विरहरु फ्लिकरमा अपलोड हुन्छन् ।

४.  ६ सय भिडियोहरु युट्युबमा अपलोड हुन्छन् , जुन सबेै जोड्दा २५ घन्टा बढिको भिडियो कन्टेन्ट हो ।

५.  ६ लाख ९५ हजार स्टाटस फेसबुकमा अपडेट हुन्छन् भने ७९ हजार ३ सय ६४ वाल पोस्ट हुन्छ र ५ लाख १० कमेन्टहरु फेसबुकमा प्रकाशन हुन्छन् ।

६.  ६० सेकेण्डमा ७० वटा नयाँ वेबसाइट डोमेनहरु दर्ता हुन्छन् ।

७.  यही अवधिमा १ सय ६८ मिलियन इमेलहरु पठाइन्छ ।

८.  ६० सेकेन्डमा ३ सय २० नयाँ एकाउन्ट र ९८ हजार ट्विटहरु प्रकाशन हुन्छन् ट्विटरमा

९.  १३ हजार आइफोन एप्लिकेशनहरु डाउनलोड हुन्छ १ मिनेटको अवधिमा ।

१०.  ब्लगमा २० हजार नयाँ पोस्टहरु प्रकाशन हुन्छन् ।

११.  एक मिनटको अवधिमा नै १ हजार ७ सय फायरफक्स ब्राउजर डाउनलोड हुन्छ ।

१२.  ब्लगिङको  वर्डप्रेस प्लाटफर्म ५० पटक भन्दा बढि डाउनलोड हुन्छ ।

१३.  प्रोफेसनल नेटवर्किड् साइट विङ्दिनमा  १०० एकाउन्टहरु बन्ने गर्दछ ।

१४.  याहु एन्सर डटकममा ४० नयाँ प्रश्नहरु सोध्ने गरिन्छ ।

१५.  त्यसैगरी ६० सेकेण्डको अवधिमा आस्क डटकममा १०० बढि प्रश्नहरु सोध्ने गरिन्छ ।

१६.  अर्वान डिस्कनरी डटकममा एउटा नयाँ परिभाषा थपिइरहेको हुन्छ ।

१७.  क्राइज्सलिस्टमा १ हजार २ सय विज्ञापनहरु सृजना भइरहेका हुन्छन् ।

१८.  एक मिनेट अर्थात ६० सेकेन्डको अवधिमा स्काइमार्फत ३ लाख ७० हजार मिनटको भ्वाइस कल भइरहेको हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org