ताजा समाचार

एनसेलले १ महीनामै फोरजी सेवा शुरु गर्ने

काठमाडौं ।  निजि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १ महीनाभित्रै फोरजी सेवा शुरु गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट गत बुधबार फोरजी सेवाको अनुमति पाएपछि एनसेलले जेठ १८ देखि फोरजी सेवा शुरु गर्नेगरी आवश्यक तयारी थालेको छ ।

व्यवस्थापिका–सँसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनका कारण लामो लामो समयदेख एनसेलको फोरजी रोकिएको थियो । सँसद्कै विकास समितिले अघिल्लो साता उपभोक्ताकोे अधिकार र सूचना प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकारवाला निकायलाई निर्देशन दिएपछि प्राधिकरणलाई एनसेलको फोरजी अनुमति जारी गर्ने बाटो खुलेको हो । यससँगै सँसद्का दुई समितिबीच कार्यक्षेत्रको विवाद समेत सतहमा आएको छ ।

कम्पनीलाई ९ सय ब्याण्डमा थ्रीजी र १८ सय ब्याण्डमा फोरज सेवा सञ्चालन गर्न सकिने गरी प्राधिकरणले तटस्थताको स्वीकृत दिएको छ । त्यसअनुसार जेठ १८ पछि कम्पनीले फोरजी सेवा आरम्भ गर्नुपर्ने छ । एनसेलले प्राधिकरणमा वैशाख पहिलो साता सेवा विस्तार कार्ययोजना पेश गरेको थियो ।

उक्त कार्ययोजनामा उसले सन् को अन्त्यसम्म पहिलो चरण र सन् २०१८ को मार्चसम्ममा दोस्रो चरण गरी फोरजी सेवा विस्तार गर्ने योजना प्रतिबद्धता जाहेर गरेको छ ।
काठमाडौं, पोखरा र दमौलीबाट सेवा प्रारम्भ गर्ने तयारी थालेको मम्पनीले पहिलो चरणमा विराटनगर र धरानमा समेत सेवा विस्तार गर्ने बताएको्े छ । त्यस्तै,दोस्रो चरणमा विर्तामोड दमक, नेपालगञ्ज ,धनगढी, महेन्द्रनगर, वीरगञ्ज, हेटौंडा , भरतपुर बुटवल र भैरहवामा गरी १५ वटा शहरमा फोरजी सेवा पुर्याउने गरी कार्ययोजना स्वीकृत भएको प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

सरकारले प्रविधि तटस्थताको व्यवस्था गरेसँगै दूरसञ्चार कम्पनीहरुका लागि हाललाई १८ सय ब्याण्डको फ्रीक्वेन्सीमा फोरजी सेवा सञ्चालन गर्ने बाटो खुला भएको थियो । एनसेलले उक्त ब्याण्मा आफूसँग भएको ११ मेगाहर्जमध्ये ५ मेगाहर्ज फ्रीक्वेन्सी फोरजीका लागि छुट्याइसकेको छ ।
सूचना तथा सञ्चारमन्त्री अध्यक्ष रहेको फ्रीक्वेन्सी नीति निर्धारण समितिले गत असार अन्तिममा दूरसञ्चार सेवाको रेडियो फ्रीक्वेन्सी नीति सँशोधन गरेको थियो । सँशोधन लगत्तै टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरज सेवा सञ्चालनका लागि प्राधिकरणसमक्ष प्रविधि तटस्थताका लाागि निवेदन दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org