ताजा समाचार

रियल मड्रिड एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित, तर फाइनलमा प्रवेश

काठमाडौं, २८ बैशाख । च्याम्पियन्स लिग फुटबलमा साबिक विजेता रियल मड्रिड पराजित भएको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएको हो ।

एथ्लेटिकोसँग पराजित भएपनि रियल मडिड्र च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा पहिलो हाफमा नै दुई गोल गर्दै एथ्लेटिको मड्रिडले खेलमा फर्किने राम्रो प्रयास गर्‍यो । एथ्लेटिकोका लागि १२ औं मिनेटमा साउल निगुएज र १६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे ।

२–० ले पछि परेको रियलका लागि टोनी क्रसको पासमा इस्कोले ४२ औं मिनेटमा गोल गरे । करिम बेन्जिमाको सुन्दर प्रहार एथ्लेटिकोका गोलरक्षकले बचाउ गरे । एथ्लेटिकोका केविन गामेइरोले गोल गर्ने सुन्दर दुई मौका गुमाए ।

इस्काले महत्वपूर्ण अवे गोल गरेपछि अग्रता लिए पछि पहिलो लेगमा अवे मैदानमा ३–० ले पराजित भएकाले फाइनल पुग्नका लागि एथ्लेटिकोले थप तीन गोल गर्नु पर्ने थियो । तर उसले थप गोल गर्न सकेन र रियल मड्रिड समग्रमा ४–२ ले विजयी हुँदै फाइनलमा पुग्यो ।

पछिल्लो चार सिजनमा तेस्रो पटक फाइनलमा पुग्ने एथ्लेटिको सपना टुट्यो । रियल मड्रिडले अब उपाधिका लागि फाइनलमा इटालियन क्लब युभेन्टससँग आउँदो जुन ३ मा कार्डिफमा खेल्ने छ । यसपटक पनि उपाधि जिते रियल मड्रिड लगातार उपाधि जित्ने पहिलो टिम बन्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org