ताजा समाचार

प्रधानमन्त्री प्रचण्डले चितवनमा हाले भोट, भने, सबैखाले अन्यौलहरु समाप्त भयो


चिवतन, ३१ बैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। भरतपुर चितवनको लङ्कु स्थित लक्ष्मी माविमा प्रधानमन्त्री दाहालले बिहान मतदान गरेका हुन्। प्रधानमन्त्री दाहालकी छोरी रेणु भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेद्वार हुन्। प्रधानमन्त्री शनिवार नै मतदान गर्ने चितवन पुगेका थिए।

चितवनमा अहिले फाटफुट वर्षा भइरहेको छ। वर्षा भएपनि मतदाता छाता ओडेर मतदान गर्न लाइनमा छन्। भोट हालेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आजको निर्वाचन शान्तिपूर्ण रुपमा सफल हुने बताएका छन्। उनले सबैखाले अन्यौलहरु समाप्त भएको बताउँदै भोट हाल्न आह्वान समेत गरेका छन्।

फोटोः प्रकाश दाहालको फेसबुकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org