ताजा समाचार

काठमाडौं महानगरको मेयरकी उम्मेदवार रञ्जु दर्शना टेम्पो चढेर मतदान गर्न पुगिन्


काठमाडौं, ३१ बैशाख । साझा पार्टीबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार बनेकी रञ्जु दर्शना टेम्पो चढेर मतदानस्थल पुगेकी छिन् । देशकै राजधानी काठमाडौँ महानगरको मेयरकी उम्मेद्वार रञ्जु मतदान स्थलमा टेम्पो चढेर पुगेकी हुन् । निर्वाचन आयोगले उम्मेद्वारका लागि मतदान दिन सवारी सञ्चालनका लागि पासको व्यवस्था गरेको छ।

रञ्जुले पास नै टेम्पोका लागि लिएकी थिईन् । उनले बा १ झ ३६५५ नंम्बरको बानेश्वर लगनखेल चल्ने टेम्पोको पास लिएकी थिइन्। उनी नमस्कार गर्दै टेम्पोबाट झरिन्। अनि लाइनमा बसिन्। २१ वर्षकै उमेरमा विवेकशिल नेपाली दलबाट उनले मेयरमा उम्मेद्वारी दिएकी हुन्। उनी महाराजगञ्ज स्थित राष्ट्रपति भवन अगाडि मतदानका लागि पुगेकी हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org