ताजा समाचार

रुसी राष्ट्रपति पुटिन अरु राष्ट्रपतिभन्दा अलग, चीन भ्रमणमा उनको अलग रुप (फोटोफिचर)

काठमाडौं, १ जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै अन्य राष्ट्रपतिभन्दा निकै फरक छनु । उनको व्यक्तित्वमात्र नभई जीवनशैली पनि फरक छ । ‘वान बेल्ट वान रोड’ सम्मेलनमा सहभागी हुने क्रममा चीन भ्रमणमा रहेका पुटिनले आइतबार चिनियाँ समकक्षी शी जिनपिङसँगको भेटवार्ताअघि आफ्नो अलग पहिचान प्रदर्शन गरे ।

चीनको सरकारी गेस्ट हाउसमा चिनियाँ समकक्षीको प्रतिक्षा गरिरहेका पुटिनले खाली समय सदुपयोग गर्दै पियानो बजाए । उनले आफ्नो बाल्यकालको सम्झनामा दुईवटा धुन बजाए । समाचार एजेन्सीहरुका अनुसार पुटिनले ‘इभनिङ्ग सङ्ग’ र ‘मस्को विन्डोज’ को धुन बजाएका थिए । यी दुबै धुन ५० को दशकको अन्त्यतिरका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org