ताजा समाचार

रुकुमको रानीभेरीमा माओवादी केन्द्रका नरबहादुर पुन विजयी


रुकुम, २ जेठ । रुकुमको रानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सानीभेरी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका नरबहादुर पुन निर्वाचित भएका हुन् । पुनले ४ हजार ६ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर चन्दले २ हजार ६ सय १४ मत प्राप्त गरे ।

त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकै इन्दिरा वली ४ हजार ६ सय ६१ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा वलीले २ हजार ६ सय ३ मत ल्याइन् । सानीभेरी गाउँपालिकाका जम्मा ११ वटा वडामध्ये १० वटा वडामा माओवादी केन्द्र र एउटा वडामा कांग्रेसले जित हात पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org