ताजा समाचार

स्याङ्जाको फेदीखोला गाँउपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

स्याङ्जा, २ जेठ । स्याङ्जाको फेदीखोला गाँउपालिका अध्यक्ष एमाले विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित ४ वडा वडामा एमाले विजयी भएको हो । फेदीखोलाको एक वडामा अध्यक्ष कांग्रेस विजयी भएको छ । फेदीखोला गाउँपालिकाको प्रमुखमा एमालेका घनश्याम सुवेदीले ३ हजा ८ सय ६ मत ल्याएर विजयी भएका उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार तारापति सुवेदीले १ हजार ७ सय ६० मत प्राप्त गरेका थिए ।

यस्तै उपप्रमुखमा एमालेकी देविमाया थापा ३ हजार ४ सय २८ मत ल्याएर विजयी भएकी छिन्, भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार मायादेवी पनेरुले १ हजार ८ सय ६ मत प्राप्त गरेकी छिन् । फेदीखोला–३ मा कांग्रेसका कृष्णबहादुर रानाभाट विजयी भएका छन् । गाउँपालिकाको अरु वडामा एमाले जितेको छ । १ लाख ९१ हजार मतदाता संख्या रहेको स्याङ्जामा ११ वटा स्थानीय तहको चुनावमा झण्डै ७० प्रतिशत मात्र मत खसेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org