ताजा समाचार

सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी


सल्यान, २ जेठ । सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निमबहादुर केसी विजयी भएका हुन् । कांग्रेस र एमालेको संयुक्त गठबन्धनका उम्मेद्वार रामचन्द्र केसीलाई ९ सय २३ मतले पराजित गर्दै निमबहादुर गाउँपालिकाको अध्यक्ष बनेका हुन् ।

उनले ३ हजार ६ सय ९४ मत प्राप्त गरेका थिए भने कांग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै टिका शर्मा वलीले नेकपा एमालेका दलबहादुर केसीलाई पराजित गर्दै विजयी भएका छन् । उनले ३ हजार ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्वी केसीले २ हजार ६ सय १९ मत प्राप्त गरे ।

६ वटा वडा रहेको दार्मा गाउँपालिकामा वडा नम्वर १ मा संयुक्त प्यानलका उम्मेद्वार विजयी भए । बाँकी वडाहरुमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org