ताजा समाचार

नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुखमा कांग्रेस विजयी

नुवाकोट, ३ जेठ । नुवाकोटको किस्पाङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार छत्रबहादुर लामा गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । विजयी लामाले २ हजार ५ सय ६८ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका वीरवर तामाङले १ हजार ६ सय ६५ मत पाए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी मायादेवी न्यौपानेले जितेकी छन् । २ हजार ३ सय ९४ मतका साथ न्यौपाने विजयी बनेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मेनचुङ तामाङले १ हजार ८ सय ४ मत ल्याइन् । किस्पाङ्ग गाउँपालिकाको वडा अध्यक्षहरुमा भने मिश्रित नतिजा आएको छ ।

पाँच वडा रहेको यो गाउँपालिकामा नेपाली काँग्रेसले ३ वडा र नेकपा एमाले र माओवादी केन्द्रले १–१ वडा जितेका छन् । मतगणनाको तेस्रो दिन नुवाकोटको पहिलो स्थानीय तहको अन्तिम परिणाम आएको हो । जसमा कांग्रेसले जितको खाता खोलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org