ताजा समाचार

कास्कीको माछापुच्छ्रे गाँउपालिका प्रमुख र उप्रमुखमा एमाले विजयी


कास्की, ३ जेठ । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा एमालेका कर्णबहादुर गुरुङ्गले ५ हजार ६ सय ७ र उपाध्यक्षमा एमालेकै कृष्णकुमारी दवाडीले ५ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेद्वार खुशीमान गुरुङ्गले ४ हजार ६०० र उपाध्यक्षका उम्मेद्वार शोभा गुरुङ्गले ४ हजार ४ सय ७३ मत प्राप्त गरी पराजित भए । माछापुच्छ्रे गाँउपालिकाको वडा नम्बर १ नेपाली कांग्रेसको विजयी भएको छ । वडा नम्बर ३ देखि ९ सम्म एमालेको प्यानल विजय भएको छ । वडा नम्बर २ मा वडाध्यक्षसहित ३ पदमा एमाले विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org