ताजा समाचार

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी


दोलखा, ३ जेठ । दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। मेयरमा टंक जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी विजयी भएकी हुन् । जिरेलले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्वु शेर्पा लाई ११ सय ५ मतअन्तरले पराजित गरेका हुन्।

जिरेलले ३२ सय ६८ मत पाएका छन्। यस्तै, उपमेयरमा बुढाथोकीले ३२ सय ६८ मत पाएकी छन्। निकटतम प्रतिद्धन्द्धी माओवादिकै चित्रमाया दाहालले १९ सय ४१ मत पाएकी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org