ताजा समाचार

सुर्खेतको चिङगाड गाउँपालिकामा कांग्रेसका देवबहादुर चन्द विजयी

सुर्खेत, ३ जेठ । सुर्खेतको सबै भन्दा सानो गाउँपालिका चिङगाड गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका देवबहादुर चन्द २ हजार ९ सय ४९ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका बखतबहादुर खत्रीले २ हजार ३ सय ८५ मत पाएका छन् भने माओवादी केन्द्रका बोधविक्रम जिसीले १ हजार ७ सय २१ मत पाएका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसका मनमाया आचार्यले २ हजार ८ सय ७७ मत ल्याएर विजयी भएकी छन् भने प्रतिद्वन्दी एमालेकी दीपा कुमारी रानाले २ हजार ४ सय १४ मत ल्याकी छन् भने माओवादी केन्द्रकी तेजकुमारी राना १ हजार ५ सय १९ मतका ल्याएर तेस्रो भएकी छन् ।

यहाँका ६ वडाहरु मध्ये १, २, ४ मा कांग्रेस र ३ र ५ माओवादी केन्द्र र ६ मा एमालेले जितेको त्यहाँका निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org