ताजा समाचार

एन्ड्रोइडका जन्मदाता एन्डी रुबिनले आफ्नै स्मार्टफोन लञ्च गरे

काठमाडौं, १८ जेठ । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका जन्मदाता मध्येका एक एन्डी रुबिनले आफ्नै स्मार्टफोन लञ्च गरेका छन् । कुनै समय इन्टरनेट जाएन्ट गुगलको एन्ड्रोइड सफ्टवेयरका रुपमा रहेका एन्डी रुबिनले उच्च मूल्यको गुणस्तरीय स्मार्टफोन बजारमा ल्याएका हुन् ।

रुबिनले सन् २०१४ मा गुगलको जागिर छाडेर एक प्रविधि लगानी कम्पनी खोलेका थिए । उक्त लगानी कम्पनीले इसेन्सल नामक एक कम्पनीमा लगानी गरेको थियो र सोही इसेन्सल कम्पनीले आफ्नो पहिलो स्मार्टफोनको रुपमा इसेन्सल फोन लञ्च गरेको हो ।

यो डिभाइस एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छ । यसको मूल्य अमेरिकामा ६ सय ९९ डलर तोकिएको छ । बजारमा हाल स्थापित ब्राण्डका स्मार्टफोनहरु अगाडि यो स्मार्टफोन खरो उत्रिन सक्नेमा विज्ञहरुले शन्देह प्रकट गरेका छन् । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org