ताजा समाचार

अब अमेरिका जान फेसबुकलगायत सोसल मिडिया जानकारी चाहिने

काठमाडौं, १८ जेठ । अब अमेरिका जान फेसबुक, ट्वीटरलगायत सोसल मिडियाको सम्पूर्ण जानकारी चाहिने भएको छ । विश्वभरबाट अमेरिका जान चाहनेहरुले ट्रम्प प्रशासनलाई अब आफ्नो सम्पूर्ण सामाजिक सञ्जालको खाता दिनुपर्ने नयाँ नियम लागू गरिएको हो ।

अब अमेरिका जान पछिल्लो ६ वर्षसम्म आफूले चलाएको फेसबुक, ट्वीटर, इन्स्ट्राग्रामलगायत सामाजिक सञ्जालको एकाउन्ट्स नाम र १५ सालसम्मको बायोग्राफीको सम्पूर्ण जानकारी दिनुपर्ने प्रक्रिया सुरु गरिएको हो । अब अमेरिका जान भर्नुपर्ने भिसा अनुमति फारममा पुरानो पासपोर्ट नम्बर, ६ वर्षको ‘सोसल मिडिया ह्यान्डल्स’को सम्पूर्ण जानकारीको साथै, इमेल ठेगाना, फोन नम्बरको सम्पूर्ण जानकारी उल्लेख गर्नुपर्नेछ ।

‘अमेरिकन डिपार्टमेन्ट अफ स्टेट भिसा’का लागि आवेदन दिनेहरुको सम्पूर्ण जानकारीको अध्ययन गर्न सुरु गरिएको हो । बुधबार मात्रै ‘स्टेट डिपार्टमेन्ट’का एकजना अधिकारीले आवेदन दिएका व्यक्तिहरुको परिचय जाँच गर्न, सामाजिक सञ्जालको गतिविधि निगरानी गर्न सुरक्षा सर्तकताका लागि आवश्यक रहेको बताए । तर, ती अधिकारीले सामाजिक सञ्जालको ‘पासवर्ड’ भने नमागिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org