ताजा समाचार

यी हुन्, संसारकै सुन्दरी अपराधी, जसलाई २४ घरमा चोरी गरेको आरोप

काठमाडौं, १ असार । तपाईंलाई आश्चर्य लाग्छ, सायद स्टेफनी बेयुदोइनका बारेमा सुन्दा । अहिले सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेकी यी २१ वर्षीया सुन्दरीमाथि १ सय १४ अपराधिक मुद्दा चलिरहेको छ। उनीमाथि २४ वटा घरमा चोरी गरेको अभियोग लाग्यो । सोही अभियोगमा क्यानाडाको भिक्टोरियाविलेबाट प्रहरीले पक्राउ गरेको थियो । स्टेफनीले १३, १४ र १७ वर्षको उमेरमा तीन बच्चासँग मिलेर क्यानडाको २४ घरमा चोरी गरिन् ।

उनी घरको पछाडिको ढोका वा झ्यालबाट घरभित्र प्रवेश गर्थिन् । स्टेफनी विद्यार्थी पनि हुन् । उनीसँग पैसा छैन आफ्नो शौख पूरा गर्न । त्यसैले उनी चोरी धन्दा अपनाइरहेकी छिन् । यतिसम्म कि प्रहरीले उनको कारबाट नौ वटा हतियार बरामद गरेको थियो ।

नामुद अपराधीको रुपमा कुख्याति कुमाएकी स्टेफनीका विषयमा जब एउटा पत्रिकाले बिकिनी लगाएको तस्वीर प्रकाशन गरेको थियो, तबदेखि उनको अपराधिक पाटोको भन्दा सुन्दरताको बढी चर्चा हुन थाल्यो ।

स्टेफनीको तस्वीर अहिले सामाजिक सञ्जालमा खुब पोष्ट भइरहेको छ। ट्वीटरमा उनको एउटा तस्वीरमा एक जनाले लेखे–पहिला यी महिलाले तपाईको मन चोर्ने छिन्, फेरि तपाईका सामान । सामाजिक सञ्जालले नै स्टेफनीलाई संसारभरकी ‘सबैभन्दा सेक्सीक्रिमिनल’ को उपाधि दिएको छ।

अनौठो कुरा यी सुन्दरीले नर्सिङ अध्ययन गरिरहेकी छन् । अर्थात उनी मानिसको घाउमा मलम लगाउन सिकिरिहेकी छन् । तर, जब उनको तस्वीर सार्वजनिक भयो मानिसहरु उनको सुन्दरताको बखानमा व्यस्त छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org