ताजा समाचार

लण्डनको ३२७ तले टावरमा भएको आगलागीबारे छानबिन गर्न बेलायती प्रधानमन्त्रीको आदेश

काठमाडौं, २ असार । बेलायतकी प्रधानमन्त्री टेरेजा मे ले पश्चिम लण्डनको एक भवनमा भएको आगलागीबारे छानबिन गर्न आदेश दिएकी छन् ।  आगलागीलाई दुःखान्त भन्दै प्रधानमन्त्री मे ले घटनाबारे अनुसन्धान हुनुपर्ने बताएकी हुन् । प्रधानमन्त्री मेले दुर्घटनास्थलको छोटो भ्रमण गर्दै यसबारे बृहत र सार्वजनिक रुपमा अनुसन्धान गर्न आदेश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २७ तले टावरमा आगलागी हुँदा अहिलेसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको छ । अग्नि नियन्त्रकले ६५ जनाको उद्धार गरेका बिबिसीले जनाएको छ । आगलागीको कारण अझै थाहा भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org