ताजा समाचार

पोर्चुगलको जंगलमा भीषण आगलागी, २४ जनाको मृत्यु

काठमाडौं, ४ असार । पोर्चुगलको जंगल भीषण आगलागी हुँदा मर्नेको संख्या २४ पुगेको छ । आगलागीमा २० जना अग्नी नियन्त्रक घाइते भएका छन् ।

पोर्चुगलको दक्षिण पूर्वी कोइम्ब्रामा भएको आगलागीका कारण जंगल पूर्णरुपमा ध्वस्त भएको छ । आगो बस्तीसम्म प्रवेश गर्दा केही घर जलेर नष्ट भएका छन् ।

आगालागी नियन्त्रणका लागि सयौंको संख्यामा अग्नीनियन्त्रक र केही हेलिकोप्टर पनि परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org