ताजा समाचार

कलाकार पनि राहत संकलनमा जुटेः कुन कलाकारले कति गरे सहयोगको घोषणा ?

काठमाडौं, ३० साउन । अविरल बर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन् । कलाकारहरुले फेसबुकमार्फत आर्थिक सहयोगको घोषणा गरेका छन् ।

सितारामा कट्टेल धुर्मुसले आफ्नो संस्था धुर्मुस सुन्तली फाउन्डेसनमार्फत महोत्तरीबाट बाढी पीडितका लागि औषधि, खाद्यान्न र त्रिपालसहित अन्य राहतको सहयोग सुरु गरेका छन् । महोत्तरीदेखि झापासम्मका क्षेत्रमा पुगेर जनतालाई सहयोग गर्ने धुर्मुसले बताए ।

नायिका पूजा शर्माले एक लाख सहयोग गर्ने घोषणा गरेकी छन् । त्यस्तै, दीपकराज गिरीले एक लाख, दीपाश्री निरौलाले ५१ हजार र प्रियंका कार्कीले ५१ हजार सहयोगको घोषणा गरेका छन् । त्यस्तै हास्य कलाकार मनोज गजुरेलले २० हजार रुपैयाँ राहत सहयोगको घोषणा गरेका हुन् । मह जोडीले पनि १ लाख सहयोगको घोषणा गरेका छन् । अन्य कलाकारहरु पनि सहयोगमा जुटेका छन् । आजको नागरिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org