ताजा समाचार

आज साउनको अन्तिम सोमबारः देशभरका शिवालयमा दर्शनार्थीको भिड

काठमाडौं, ३० साउन । आज साउनको अन्तिम सोमबार । देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसी शिवको पूजा गर्दै आएका भक्तजनले विधिवत रुपमा आजदेखि ब्रत समापन गर्दैछन्। काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यस्तै चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेको घुईंचो लागेको छ । साउन महिनामा देवघाटमा रहेको कालिगण्डकी र नारायणको संगमस्थल बेनीघाटमा स्नान गरी त्यहाँको जल लगेर महादेवलाई चढाए चारधाम गएसरहको पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । यस पटक साउनमा ५ वटा सोमबार परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org