ताजा समाचार

नेपाल यु–१९ एसिया कप क्रिकेटमा छनौट, मलेसिया १० विकेटले पराजित

काठमाडौं, ३१ भदौ । नेपाल यु–१९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनल भिडन्तमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल यु–१९ क्रिकेटको उपाधि नजिक पुगेको हो ।

मसेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३ दशमलव १ ओभरमा बिनाविकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सन्दिप सुनारले ५१ र महम्मद आरिफ सेखले ५० रन बनाए ।

यसअघि टस हारेर पहिले व्यटिङको निम्तो पाएको मलेशियाले ४२ ओभरमा १० विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । फाइनल प्रवेश गरेसँगै नेपाल एसिया कपको लागि छनोट भएको छ । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org