ताजा समाचार

अब रेखा थापा एमाले र करिश्मा मानन्धर माओवादी केन्द्र प्रवेश गर्दै

काठमाडौं, २४ असोज । केही समय कमल थापा नेतृत्वको राप्रपाबाट राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी अभिनेत्री रेखा थापाले फेरी पार्टी परिर्वन गर्ने भएकी छन् । माओवादी परित्याग गर्दै राप्रपामा प्रवेश गर्दा मरुञ्जेलसम्म यही पार्टीमा रहिरहने बाँचा गरेकी थिईन् । तर त्यो वाँचा लामो समय टिक्न सकेन र अन्ततः उनी राप्रपाबाट छुट्टिएर अलग पार्टी बनाएका पशुपति शमशेर राणासँग छिन् ।

अब फेरी उनी पार्टी फेर्ने मनसाय रहेकी सम्बद्ध स्रोतको भनाई छ । आशन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनकै बेला कलाकारहरुमा फेरी पार्टी प्रवेश तथा परित्याग गर्ने होडबाँजी सुरु भएको छ । चुनावलाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुपनि चर्चित सेलिब्रेटीलाई पार्टी प्रवेश गराउने कसरत सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला विभिन्न दलका नेता तथा कार्यकर्ताहरु भित्र्याउन सक्रिय भएर लागेका छन् । सोही अनुसार उनले अहिले प्रसिद्ध कलाकारहरुलाई आफ्नो पार्टीमा ल्याउने तयारीमा जुटेका छन् ।

नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य समेत रहेकी चर्चित नायिका करिश्मा मानन्धर प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गर्ने तरखरमा छिन् । उनले संभवत भोलि वा पर्सीभित्रै पार्टी प्रवेश गर्ने बुझिएको छ ।

त्यस्तै अर्की नायिका रेखा थापा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । यसको लागि उनले हालै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै आग्रह गरेकी हुन् । ओली निकट उच्च स्रोतले भन्यो, ‘रेखाजीले हालै हाम्रो पार्टी अध्यक्षलाई भेटेर एमालेमा प्रवेश गर्नेबारे जानकारी गराउनुभएको हो, हेरौं अब एक दुई दिनभित्रै उहाँ हाम्रो पार्टीमा प्रवेश गर्नुहुन्छ होला।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org