ताजा समाचार

नायिका रेखा थापाको कार ट्रकसँग ठोक्किँदा सामान्य दुर्घटना

काठमाडौं, २५ असोज । नायिका रेखा थापाको कार ट्रकसँग ठोक्किएको छ । आफ्नो चलचित्र ‘रुद्रप्रिया’ को प्रचारमा जुटेकी रेखाको कार आज बिहान काठमाडौंको चाबहिलमा ट्रकसँग ठोक्किँदा सामान्य दुर्घटनामा परेको हो ।

चलचित्रका प्रचारका लागि टिभी फिल्मीलाई अन्तर्वार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाको कारलाई ट्रकले ठक्कर दिएको हो । चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारको धेरै भागमा क्षति पुगेको छ भने रेखालाई चोट लागेको छैन । रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org