ताजा समाचार

पत्रकार न्यौपानेले ल्याए चौंथो कृति ‘स्वर्णिम समय’

 

काठमाडौं । पत्रकार तथा लेखक दामोदर न्यौपानेको चौथो कृति स्वर्णिम समय यही साता बजारमा आउने भएको छ । समाजका विभिन्न क्षेत्र र पेशामा क्रियाशिल विभिन्न ५१ जनाको स्वर्णिम समय र सम्झनाहरू समेटिएको यो पुस्तक यो पुस्तक इटर्नल पव्लिकेसनले बजारमा ल्याएको हो । ‘विशिष्ट व्यक्तिका जीवनका अनुभव समेत समेटिएकाले यो पुस्तक अघिल्लो पुस्तासँग नयाँ पुस्तालाई जोड्ने एउटा गतिलो सेतु हो भन्ने हामीलाई लागेको छ,’ पब्लिकेसन्सका प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पुस्तकमा समेटिएका व्यक्तिको पहिचान र छनौट गर्न लेखक न्यौपानेले लामो समय र परिश्रम खर्चको विज्ञप्तीमा उल्लेख छ । ‘साँचिक्कै आर्दश पात्र, चरित्रको खडेरी पर्दै गइरहेको अहिलेको परिस्थितीमा कलिला बालमष्तिष्कमा जोसुकै बारेका जे सुकै जानकारी दिंदा दिएर जर्वरजस्ती लादिनुबाट जोगाउनु पर्ने ठूलो चूनौती छ,’ विज्ञप्तीमा छ, ‘लामो समय देखि बालबालिकाको क्षेत्रमा कलम चलाउनु भएको लेखक न्यौपानले यो चूतीलाई जिम्मेवारीपूर्ण ढंगले पार लगाउनु भएको छ । पुस्तकमा समेटिएका पात्रका बाल्यकालदेखिका अविस्मरणीय पल र संघर्षपूर्ण घटनाहरू भावी पिढीका लागि ज्ञान र प्रेरणा दुवैका गतिला स्रोत बनेका छन् ।’ न्यौपानेको यो चौथो कृति हो । यस अघि एम्बुसमा ६ वर्ष, कर्म ः सिकाइमा गहिरिएको खाडल र ट्यालेन्ट शो प्रकाशित भएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org