ताजा समाचार

पहिलो सुजुकी जिक्सर वाईक जित्नको लागि काउन्टडाउन सुरु

काठमाडौं, १४ कात्तिक । नेपालमै पहिलो पटक भित्रिएको एसएमएस क्विज कन्टेस्टको पहिलो विशेष पुरस्कार जित्ने समय सुरु भएको छ । नेपाल टेलिकमको सहकार्यमा क्रिस मिडिया एण्ड रिसर्च प्रा.लि. द्धारा सञ्चालित क्विज कन्टेस्ट नेपालले एसएमएस मार्फत गर्दै आएको प्रतियोगिता अन्तर्गत पहिलो विशेष पुरस्कार सुजुकी जिक्सर बाईक जित्ने समय सुरु भएको हो ।

अहिले सम्म तीन जनाले पिसी ल्यापटप, २० जना भन्दा बढीले स्मार्ट फोन जितिसकेको सञ्चालक दिप लिंथेपले जानकारी दिए । प्रतियोगिताको विशेष पुरस्कार सुजुकी जिक्सर बाईक जित्ने समय अब केही दिनमात्रै बाँकी रहेको सञ्चालक लिंथेपले जानकारी दिए । विशेष कार्यक्रमको आयोजना कात्तिक २७ गतेभन्दा पछि पुरस्कार वितरण गरिनेछ ।

सहभागी यसरी हुन सकिन्छः
नेपाल टेलिकम मोवाईल प्रयोगकर्ताहरुले मोवाईलको म्यासेजबक्समा गई Q लेखेर ३१०१० मा पठाउनुपर्ने हुन्छ । त्यसपछि मोवाईलमा आएको रिप्लाईको आधारमा सबैभन्दा बढी पोईन्ट पाउनेले दैनिक स्मार्टफोन जित्न सक्नेछन् । त्यस्तै साप्ताहिक रुपमा ल्यापटप र मासिक रुपमा एकजनाले SUZUKI GIXXER BIKE  पाउनेछन् ।

http://news-nepal.com/657455/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org