ताजा समाचार

विवाह गर्ने तयारीमा कपिल शर्मा, प्रेमिका शर्त राख्दा हालत यस्तो भयो

एजेन्सी, १९ कात्तिक । बलिउडका कमेडियन कपिल शर्मा विवाह गर्ने तयारीमा रहेका छन् । फिल्म ‘फिरंगी’को प्रचारमा व्यस्त रहेका कपिलले प्रेमिका गिन्नी चतरथसँग विवाहको तयारी गरेका हुन् । गिन्नीसँग विवाह गर्ने कुराले कपिल फेरि चर्चामा आएका छन् ।

एक अंग्रेजी वेवसाइटले उल्लेख गरे अनुसार कपिलसँग विवाह गर्न गिन्नीले एक शर्त अघि सारेकी छिन् ।गिन्नीका परिवारले उनलाई बिवाहको दवाव दिएका छन् भने गिन्नीले कपिलसँग आफुलाई विवाह गर्ने हो भने रक्सी छोड्नुपर्ने भन्दै शर्त राखेकी छिन् । गिन्नीको यस्तो शर्तमा कपिलको आमा समेत मन्जुर भएकी छिन् ।

गिन्नीको आग्रह स्विकार्दै कपिलले पनि रक्सी छोडेका छन् । त्यसो त चलचित्र फिरंगी प्रदर्शनपछि कपिलले विवाह गर्ने केहि मिडियाले उल्लेख गरेका छन् । केही समय अगाडि पनि रक्सी पिएकै कारण कपिलले आफ्नो साथी सुनिल ग्रोवरसँग झगडा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org