ताजा समाचार

एप्पललाई पछि पार्दै गुगल विश्वकै मूल्यवान ब्राण्ड बन्यो

एजेन्सी । एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै गुगल विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको विश्वका मूल्यवान ५ सय ब्राण्डको पहिलो नम्बर गुगल आएको छ । यसअघि एप्पल लगातार पाँच वर्षसम्म विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्दै आएको थियो ।

बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले विश्वका हजारौँ ब्राण्डहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गर्दै वर्षेनी सबैभन्दा मूल्यवान ५ सय ब्राण्डको सूचि सार्वजनिक गर्दछ ।

गत वर्ष एप्पलको ब्राण्ड भ्यालू १ सय ४५ अर्ब ९० करोड डलरबाट घटेर १०७ अर्ब १० करोडमा झरेपछि गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको हो । यी हुन् विश्वका सर्वाधिक मूल्यवान २५ टेक्नोलोजी ब्राण्डहरुः

गुगलः ब्राण्ड भ्यालू १ खर्ब ९ अर्ब ४७ करोड डलर
एप्पलः ब्राण्ड भ्यालू १ खर्ब ७ अर्ब १४ करोड डलर
अमेजनः ब्राण्ड भ्यालू १ खर्ब ६ अर्ब ३९ करोड डलर
एटी एण्ड टी टेलिकमः ब्राण्ड भ्यालू ८७ अर्ब १ करोड डलर
माइक्रोसफ्टः ब्राण्ड भ्यालू ७६ अर्ब २६ करोड डलर
सामसुङः ब्राण्ड भ्यालू ६६ अर्ब २१ करोड डलर
भर्जन टेलिकमः ब्राण्ड भ्यालू ६५ अर्ब ८७ करोड डलर
फेसबुकः ब्राण्ड भ्यालू ६१ अर्ब ९९ करोड डलर
चाइना मोबाइल टेलिकमः ब्राण्ड भ्यालू ४६ अर्ब ७३ करोड डलर
एनटीटी टेलिकमः ब्राण्ड भ्यालू ४० अर्ब ५४ करोड डलर
ड्वेच टेलिकमः ब्राण्ड भ्यालू ३६ अर्ब ४३ करोड डलर
आइबिएमः ब्राण्ड भ्यालू ३६ अर्ब ११ करोड डलर
अलिबाबाः ब्राण्ड भ्यालू ३४ अर्ब ८५ करोड डलर
एक्सफिनिटी टेलिकमः ब्राण्ड भ्यालू २६ अर्ब १८ करोड डलर
ओरेकलः ब्राण्ड भ्यालू २५ अर्ब ८७ करोड डलर
हुवावेः ब्राण्ड भ्यालू २५ अर्ब २३ करोड डलर
टेन्सेन्टः ब्राण्ड भ्यालू २२ अर्ब २८ करोड डलर
भोडाफोनः ब्राण्ड भ्यालू २१ अर्ब ८३ करोड डलर
अरेन्ज टेलिकमः ब्राण्ड भ्यालू २१ अर्ब ५२ करोड डलर
सिस्कोः ब्राण्ड भ्यालू २० अर्ब ७३ करोड डलर
इन्टेलः ब्राण्ड भ्यालू २० अर्ब ३६ करोड डलर
डेलः ब्राण्ड भ्यालू १८ अर्ब १८ करोड डलर
चाइना टेलिकमः ब्राण्ड भ्यालू १७ अर्ब ५९ करोड डलर
एसेन्चरः ब्राण्ड भ्यालू १७ अर्ब ४६ करोड डलर
एयू टेलिकमः ब्राण्ड भ्यालू १६ अर्ब ९१ करोड डलर

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org