ताजा समाचार

छोटो कपडा लगाएकी ऐश्वर्याको फोटो खिच्दै गर्दा अभिषेकले देखेपछि

हालै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फेशन डिजाइनर मनिष मल्होत्राको डिनर पार्टीमा गएकी थिइन् । पार्टीमा जाँदा उनी छोटो ड्रेस लगाएर पुगिन् । ऐश्वर्यासँग उनका श्रीमान् अभिषेक बच्चन र निर्माता करण जौहर पनि पुगेका थिए ।

ऐश्वर्या पार्टीबाट बाहिर निस्केपछि कारतर्फ जाँदै गर्दा फोटोग्राफरहरुले उनको फोटो खिचे । उनको ड्रेस निकै छोटो थियो । उनी कारमा बस्दै गर्दा फोटोग्राफरले गलत एंगलबाट पनि उनको फोटो खिच्ने कोसिस गर्न थाले । यो देखेर अभिषेक निकै झोक्किए । अभिषेकले फोटोग्राफरहरुलाई निकै गाली गरे र उनीहरुको क्यामेराबाट सबै फोटो डिलिट गर्न लगाए ।

ऐश्वर्या र अभिषेक फिल्म अभिमान फिल्मको रिमेकमा देखिनेछन् । फिल्ममा दुवै पतिपत्नीले स्क्रिन शेयर गर्ने बताइएको छ । १९७३ को फिल्म अभिमानमा अमिताभ बच्चन र जया बच्चन मुख्य भूमिकामा थिए । यो रिमेकको आधिकारिक घोषणा भने भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org