ताजा समाचार

अभिनेत्री दिशा पटानीको हट तस्बिरले बलिउड हंगामा

एजेन्सी, २४ कात्तिक । अभिनेत्री दिशा पटानी अहिले चलचित्र ‘बागी २’को सुटिङमा ब्यस्त छिन् । सुटिङमा ब्यस्त रहँदा रहँदै पनि उनले हालै एक फोटो सुट गराएकी छन् । उक्त सुटको एक तस्बिर उनले सामाजिक संजालबाट पनि शेयर गरेकी थिइन् ।

उक्त तस्बिर फ्यानले यो उनको अहिले सम्मकै हट पिस भएको प्रतिक्रिया दिएका छन् । शोसल मिडियाबाट सार्वजनिक बाहिर आएको उक्त तस्बिर सार्वजनिक हुने बित्तिकै लाइका बर्षा भएको पाइएको छ । फ्यानले तस्बिर हेर्दै उनको तारिफ समेत गरेका छन् । तस्बिरका साथ उनले एक क्याप्सन पनि लेखेकी छन् ‘मैले तस्बिर एक म्यागजिनको लागि खिचाएकी हुँ ।’

बलिउडमा दिसा क्युट तथा लजालु अभिनेत्रीको रुपमा चिनिदै आएकी छन् । अहिले आएको तस्बिर केही हट नै भएको चर्चा छ । दिशा टाइगर श्रापकी गर्ल फ्रेण्डको रुपमा समेत चिनिदै आएकी छन् । ‘बागी २’मा पनि उनको अपोजित भुमिकामा टाइगरले नै अभिनय गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org