ताजा समाचार

डाक्टर, पाइलट हेर्ने बेला ड्राइभरले भगाएपछि (भिडियोसहित)

काठमाडौं, २६ कात्तिक । गायिका योजना पुरीको नयाँ गीत भगायो ड्राइभरलेको भिडियो सार्वजनिक भएको छ । भिन्न शैलिका गीतहरु निकाल्न सिपालु गायिका तथा संचारकर्मी योजनाले नयाँ भिडियो हालै सार्वजनिक गरेकी छिन। जसमा आफ्नो वैँशालु उमेरमा डाक्टर पाइलटका विषयमा सोच्ने युवतीलाई ड्राइभरले भगाएको कुरालाई जिवन्त शैलिमा उठाइएको छ ।

भिडियोमा अभिनयमा मोडल रोजीलाई सुमनले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ । सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् भने ख्याम थापा मगरले छायांकन गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org