ताजा समाचार

यी हुन संसारमै सबैभन्दा ‘बेस्ट’ फिगर भएकी मोडल, यसरी गरियो मूल्यांकन (फोटोसहित)

एजेन्सी, २७ कात्तिक । बेलायती मोडल केली ब्रुक को फिगर संसारकै उत्कृष्ट ठहरिएको छ । टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार केलीको फिगर सबैभन्दा उत्कृष्ट ठहरिएको हो ।

वैज्ञानिकका अनुसार न त केली दुब्ली छन् न मोटी । उनको शरीरको हरेक भाग एकदमै फिट छ । वैज्ञानिकहरुले यो अनुसन्धानको लागि मानिसहरुसँग एक जना परफेक्ट फिगर भएकी महिलाको शरीरको नाप कस्तो हुनुपर्छ भनेर सोधेका थिए ।

मानिसहरुले ती महिलाको शरीरको हरेक भागको साइजसहित अनेकौं मापदण्डहरु बताएका थिए । तिनै मापदण्डहरुको आधारमा परफेक्ट महिलाको खोजी गरिएको थियो ।

वैज्ञानिकका अनुसार केलीको शरीर यी सबै मापदण्डमा उत्कृष्ट छ । शरीरको हरेक भाग एकदमै फिट भएको र न दुब्ली न मोटी भएका कारण उनीलाई ‘बेस्ट’ फिगरको ट्याग दिइएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org