ताजा समाचार

नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण पाँच घण्टा ढिला गरी सुरु

काठमाडौं, २८ कात्तिक । एसीसी यू-१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ । वर्षाका कारण ढिला गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ राजेको छ । नेपाली समय अनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल करीव पाँच घण्टा ढिला गरी केहिबेर अघिदेखि सुरु भएको हो ।

मलेसियाको बायुमास ओभलमा भईरहेको खेल २४ ओभरको हुनेछ । यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ ।

समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । यसैगरी समूह ए कै भारत र बंगलादेशबीचको खेल पनि ३२ ओभरमा झारिएको छ । भारत र बंगलादेशबीचको खेल सुरू भएपछि वर्षाले रोकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org