ताजा समाचार

कप्तान अनिलको अन्तिम ५० औं खेलमा नेपाल र फिलिपिन्स बराबरी

काठमाडौं, २८ कात्तिक । एएफसी एशियन कप फुटबलको छनौटमा नेपाल फिलिन्सिसँग बराबरी खेलेको छ । नेपालले आफ्नो पाचौँ खेलमा फिलिपिन्ससँग बराबरी खेलेको हो । दुबै टिमले गोलका राम्रा अवसर पाए पनि गोल भने हुन सकेन ।

नेपाली टोलीका कप्तान अनिल गुरुङले मंगलबारको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । १० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन् ।

मंगलबार खेल अनिलको ५० औँ अन्तर्राष्ट्रिय खेल हो । भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मूल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।

यसअघि गएको चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालको एक अंक मात्र छ ।

फिलिपिन्स नौ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org