सन्चार मन्त्रालयले उपत्यकाका एनालग केबल टीभी बन्द गरायो
काठमाडौं, २९ कात्तिक । सूचना तथा सन्चार मन्त्रालयले काठमाडौं उपत्यकाभित्र एनालग प्रविधिबाट सन्चालन हुँदै आएका केबल टीभीको सिग्नल बन्द गरेको छ । सन्चार मन्त्रालयअन्तर्गतको फ्रिक्वेन्सी व्यवस्थापन शाखाले आज (बुधबार) देखि एनालग प्रविधि बन्द गराएको हो । जसका कारण उपत्यकाका अधिकांश उपभोक्ताहरु टीभी हेर्नबाट बन्चित भएका छन् ।
फ्रिक्वेन्सी व्यवस्थापन शाखाका संयोजक अनुप नेपालको टोलीले केबल सन्चालन स्टेसनहरुको अनुगमन गरी एनलग प्रविधिको सिग्नल बन्द गरेको हो । केबल टीभी महासंघ र केबल टीभी व्यवसायी महासंघकै अनुरोधमा देशभर सन्चालनमा रहेका एनालग केबल टेलिभिजनलाई डिजिटलमा लैजान लागिएको सन्चार मन्त्रालयको भनाइ छ ।
डिजिटल प्रविधिबाट प्रयोगकर्ताको संख्या थाहा हुने र त्यसबाट राजश्व पनि पारदर्शी हुने सरकारको दाबी रहेको छ । सरकारी निकायले सबै केबल अपरेटहरुलाई अनिवार्यरुपमा बुधबारदेखि डिजिटल सेवा प्रदान गर्न बाध्य बनाएको केबल सन्चालकहरुले बताएका छन् ।
डिजिटल टेलिभिजन हेर्न भने ग्राहकले २ देखि ३ हजार रुपैयाँ खर्च गरेर डिजिटल सेटअप बक्स जडन गर्नुपर्नेछ । तत्कालका लागि १५ लाख बक्स आवश्यक पर्ने भएपनि सरकारले ५ लाखमात्र उपलब्ध गराएको केबल सन्चालकहरुको दाबी छ ।
Comments
अरु समाचार
-
नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।...
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी...
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
काठमाडौं । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा...
-
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु
काठमाडौं । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
काठमाडौं । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख...
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको...