प्रचण्ड र छोरा प्रकाशबिच फोनमा अन्तिम पटक यस्तो कुरा भएको थियो

काठमाडौं, ३ मंसिर । यतिबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको निधनको खबरले सबैलाई स्तब्द बनाएको छ । यतिबेला सामाजिक सञ्जाल प्रकाशको श्रद्धाञ्जलीले भरिएका छन् । प्रकाश दाहालको हृदयाघातका कारण निधन भन्ने खबर बाहिरिएपछि आइतबार बिहानैदेखि देशदेखि विदेशमा बस्ने नेपाली आश्चर्य र दुखित भए ।

धेरैले यो समाचार असत्य रहेको अनुमान गरे । तर, प्रकृतिको नियम नै यस्तै थियो । विगत तीनदेखि प्रकाश रुघा र ज्वरोले ग्रस्त थिए । उनी बाबु प्रचण्डसँग चुनावी प्रचारमा निस्कन सकेका थिएनन् । घरमा आमा सीता दाहाल मात्रै थिइन् । दिदी रेणु र गंगा आ–आफ्नै काममा थिए । रेणु बाबुको चुनावी प्रचारमा चितवनमै थिइन् । कान्छी श्रीमती विना मगर कञ्चनपुरमा आफ्नै चुनाव प्रचार प्रसारमा थिइन् ।

बाबु प्रचण्ड देशव्यापी रूपमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीसँगसँगै थिए । प्रकाश भने घरमै औषधि लिएर आरामै गर्दै थिए । शनिबार राति पनि प्रकाशले झापामा रहेका बाबु प्रचण्डसँग १० मिनेट टेलिफोनमा कुराकानी गरे । धेरै च्यापेको भए अस्पताल जान प्रचण्डले सुझाए । प्रकाशले पनि आफू आइतबार बिहान अस्पताल जाने बताए । तर, आइतबार बिहानै प्रचण्डको मोबाइलमा घन्टी बज्यो । प्रकाश अचेत भएको भन्ने । यो खबर सुन्नेवित्तिकै प्रचण्ड निःशब्द भए ।

सदाझैं बिहानै छोरा प्रकाश किन ब्याडमिन्टन खेल्न किन निस्किएनन् भनेर हेर्न आमा सीता दाहाल जाँदा प्रकाशको पहिले नै निधन भइसकेको पारिवारिक स्रोतले जनाएको छ । यदि यो तथ्य सत्य हो भने परिवारको लापरवाहीकै कारण प्रकाश दाहालको निधन भएको प्रस्ट हुन्छ ।
पतिको निधन भएको खबर सुन्नेवित्तिकै जेठी श्रीमती सिर्जना त्रिपाठी छोरालाई लिएर अस्पताल पुगेकी छन् । छोरीपछि प्रचण्डलाई पुत्रशोक परेको छ । यसअघि जेठी छोरी ज्ञानु दाहालको क्यान्सर रोगका कारण निधन भएको थियो । प्रचण्डले चारमध्ये एक छोरा र छोरी गुमाइसकेका छन् ।
Comments
अरु समाचार
-
कमलपोखरीमा सिमेन्टका संचरना भत्काइयो, प्रहरीसँग झडप
काठमाडौँ । कमलपोखरीमा कंक्रिट प्रयोग गरेर बनाइएका संचरना अभियन्ताहरुले भत्काएका छन्। सम्पदा बचाउ अभियानमा जुटेका अभियन्ताहरुले शुक्रबार कमलपोखरीमा सिमेन्ट प्रयोग...
-
ढुंगामुढा हान्ने आन्दोलन होइन, लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन हुन्छः प्रधानमन्त्री ओली
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनेको...
-
मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण सुरु
काठमाडाैँ । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु भएको छ। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी...
-
गोरखाको बारपाक बजारमा घरमै तीन जना मृत फेला
काठमाडौं। गोरखाको बारपाक बजारमा तीन जना मृत फेला परेका छन्। अन्दाजी ८४ वर्षीय तिलबहादुर गुरूङ, अन्दाजी २० वर्षीया आइतमायाँ गुरूङ...
-
बहुप्रतीक्षित मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज
काठमाडाैँ । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय...
-
२ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडाैँ । डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय...
-
काभ्रेमा नेकपा ओली समूहका नेताको गाडीमा तोडफोड
काभ्रे- काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको...
-
प्रदेश १ को प्रदेशसभा बैठकः ओली समूहले बहिस्कार गर्ने
काठमाडौं । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाको बैठक सत्तारुढ नेकपा ओली समूहले बहिस्कार गर्ने भएको छ ।...
-
नेपालले किनेको १० लाख डोज कोरोना खोप आइपुग्यो
काठमाडौं । सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ। नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत...