ताजा समाचार

निर्वाचनसम्बन्धी कार्यक्रम नरोक्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी कार्यक्रमहरु नरोक्न निर्देशन दिएका छन् । प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएका हुन् ।

निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् । ‘विभिन्न जिल्लामा चुनावी कार्यक्रमरु रोकिएका खबरहरु आएका छन्,’ भुसालले भनिन्, ‘अध्यक्ष कामरेड प्रचण्डले निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम नरोक्न निर्देशन दिनुभएको छ ।’

प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेर राजधानी फर्किएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org