ताजा समाचार

चार वर्षअघि क्यान्सरले छोरी गुमाएका प्रचण्ड दम्पतिमाथि दैवको अर्को वर्जपात

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चार वर्षको अवधिमा दुई सन्तान गुमाईसकेका छन् । अध्यक्ष प्रचण्ड र उनकी पत्नी सीताले ४ वर्ष नपुग्दै दुई सन्तान गुमाएका हुन् ।

दाहालका एक मात्र छोरा प्रकाशको आइतबार बिहान हृदयघातका कारण निधन भएको छ। ३८ वर्षीय दाहाललाई शनिबार राति लाजिम्पाटस्थित निवासमा हृदयघात भएको थियो।

उपचारका लागि नर्भिक अस्पताल ल्याइएका दाहाललाई बिहान मृत घोषणा गरिएको थियो। अस्पतालले प्रकाशलाई आकस्मिक हृदयघात भएको जनाएको छ। छोराको मृत्युको खबर सुन्दा माओवादी अध्यक्ष दाहाल वाम गठबन्धनको चुनावी प्रचारमा झापा पुगेका थिए।

चार वर्षअघि दाहाल दम्पत्तिले जेठी छोरी ज्ञानु केसीलाई गुमाएका थिए। स्तन क्यान्सरपीडित ४० वर्षीया केसीको २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org