ताजा समाचार

जब पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंकमाल गरेर डाको छोडेर रोएपछि…

काठमाडौं, ४ मंसिर । प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं पुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथिल्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, घ्वाँ घ्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए ।

प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गर्न सकेन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org