ताजा समाचार

दिदी रेणुलाई भरतपुरको मेयरमा विजयी गराएका प्रकाशको के यो सपना पुरा होला ?

काठमाडौं, ४ मंसिर । प्रकाश दाहाल नाम जस्तै प्रकाशको ज्योती कहिल्यै नचम्किने गरी अस्ताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका मेरुदण्ड मानिएका प्रकाश अब यो संसारमा कहिल्यै चम्किने छैनन् । उनी सदाको लागि यो संसारलाई उध्यारो बनाएर गए । माओवादी अध्यक्ष तथा बाबु प्रचण्डका एक सशक्त खम्बाका रुपमा उभिएका प्रकाशले प्रचण्ड परिवारलाई कहिल्यै निको नहुँनेगरी घाउँ बनाएर गए ।

आफ्नो बाबुको राजनीतिक देखि लिएर सबै काममा पोख्त प्रकाश श्रीमतीका विषयमा भने विवादित रहे । तीन वटा विवाह गरेर विवादमा तानिएका प्रकाश पछिल्लो समय माओवादी पार्टीका एक दरिलो खम्काका रुपमा उभिँदै आएका थिए । मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावको मुखैमा उनी सबैलाई छोडेर जाँदा त्यसको सबैभन्दा बढी चोट प्रचण्ड र श्रीमती बिना मगरलाई परेको छ ।

आईतबार यो संसारबाट अस्ताएका प्रकाशले एउटा सपना भने अधुरै छोडेर गए । र त्यसको जिम्मा बाबु र श्रीमती बिना मगरलाई दिएका छन् । आफ्नो बाबुलाई चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिभिसभा सदस्य र श्रीमती बिनालाई कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिताउने सपना बिच बाटोमै छोडेर गए ।

निर्वाचन सामाग्री व्यवस्थापन गर्न चितवनबाट पाँच दिनअघि काठमाडौं आएका प्रकाशको फेरी चितवन फर्किने कार्यक्रम थियो । चितवनमा बाबुको चुनावी प्रचार प्रसारलाई सहयोग गरेर श्रीमती बिनालाई जिताउन कञ्चनपुर जाने कार्यक्रम थियो । तर त्यो सपना अधुरै रह्यो ।

काठमाडौंमा निर्वाचन सामाग्रीको व्यवस्थापन गरेर चितवन हुँदै कञ्चनपुर जाने योजना रहेको दाहालका स्वकिय सचिव सन्तु दराईले जानकारी दिए । ‘निर्वाचन सामाग्री तयार पारेर चितवन हुँदै कञ्चनपुर जाने योजना थियो,’ दराईले भने ‘तर कहिल्यै नफर्किनेगरी हामी सबैलाई छाडेर गए ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org