ताजा समाचार

जेठी बुहारी सिर्जनालाई लाजिम्पाटको ताला चाबी बुझाउँदै प्रचण्ड चितवन पुगे

चितवन, ५ मंसिर । पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । चितवनमा हुन लागेका छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा भाग लिन प्रचण्ड कान्छी बुहारी बिना मगर र नाती प्रणबका साथ चितवन पुगेका हुन् ।

यति एयरलाइन्सको विहान १० बजेको उडानबाट भरतपुर लागेका प्रचण्डका साथमा पत्नी सीता दाहाल, छोरीहरु रेणु र गंगा, नाति, ज्वाइँ अर्जुन पाठक, प्रकाशका बीनातर्फका छोरा प्रणब छन्। यसैगरी बरिष्ठ एमाले नेता माधव नेपाल, माओवादी केन्द्रका नेता रामबहादु थापा बादल’ र उनकी पत्नी नैनकला थापा छन्।

भरतपुर विमानस्थलमा ओर्लंदा पनि बीना शोकाकूल देखिन्थिन्। उनलाई बादलपत्नी नैनकलाले सम्हालिरहेकी थिइन्। प्रचण्ड केही सम्हालिएका देखिएपनि सीता, छोरी रेणु र गंगा शोकाकूल देखिन्छन्। बीना भरतपुर पुगेपनि प्रकाशकी जेठी पत्नी सिर्जना त्रिपाठी भने लाजिम्पाटस्थित निवासमा छोरा प्रसिद्धका साथ छिन्। सिर्जनाले लाजिम्पाटको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेगरी उनीहरु चितवन पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org