ताजा समाचार

प्रकाशको तस्वीरमा फूल चढाउँदा यस्ती भईन् बीना

चितवन, ५ मंसिर । भरतपुरमा पति प्रकाशको तस्वीरमा फूलमाला चढाउँदै गर्दा पत्नी बीना मगर निकै भावविव्हल देखिइन् । भरतपुरस्थित केन्द्रीय बसपार्कमा आयोजित श्रद्धाञ्जली सभामा बीनाले फूलमाला चढाएकी थिईन् ।

श्रद्धाञ्जली सभा सुरु भएपछि स्व. प्रकाशको तस्वीरमा फूलमाला चढाइएको थियो। फूलमाला चढाउन सबैभन्दा अगाडि थिइन्, आमा सीता दाहाल। छोरालाई फूलमाला चढाउने क्रममा आमा सीता पनि निकै भावविव्हल देखिइन्। सीता पछि रहेका प्रचण्डले सम्हाल्दै लगेका थिए।

भावविव्हल सीताले छोराको तस्वीरमा फूल चढाइन् र मुहारमा दुई पटक अविर छर्किइन्। सीतापछि प्रचण्डले छोरालाई फूलमाला चढाए। प्रचण्डपछि क्रमैसँग एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले बरिष्ठ नेता माधव नेपाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल र मातृका यादवले फूल अविर चढाए। त्यसपछि फेरि पालो आयो, प्रचण्ड परिवारको। यादवपछि प्रकाशकी कान्छी दिदी गंगा दाहालले भाईलाई फूलअविर चढाइन्।

गंगाको ठीक पछिल्तिर लाइनमा थिइन्, प्रकाशपत्नी बीना मगर। भक्कानो छोडेर रोइरहेकी बीनालाई सम्हाल्दै प्रकाशको तस्वीर अघिल्तिर लैजाने काम माओवादी नेतृ कञ्चन खनालले गरेकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org